४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

माधवकुमार नेपालः पहिला ज्ञानेन्द्र शाहको पाउमा अहिले शेरबहादुर देउवाको शरणमा


-पवित्रा मुडभरी

नेपालको राजनीतिमा जे पनि हुन्छ भन्ने कुरा घटनाक्रमहरूले देखाइरहेकै छन । दलहरू मिलेपछि नेताहरूले चाहे भने संविधानमा नभएको काम पनि गर्दै आएका छन । यही विचमा कतिपय नेताको चरित्रको बारेमा हजार जिब्रा भएका शेष नागले पनि वयान गर्न नसक्ने नकारात्मक विशेषताहरू थपिएका छन । त्यस्तै मध्येका एक हुन नेकपाको माझण्ड समूहका स्वघोषित अध्यक्ष माधवकुमार नेपाल ।

माधवकुमार नेपाल कुनै समय शालिन नेताका रूपमा चिनिन्थे तर अहिले उनी प्रधानमन्त्री माग्दै तत्कालीन राजा ज्ञानेन्द्र शाहको पाउमा दाम चढाउने, नेपालमा क्रिश्चियन मिसन चलाउन होलिवाइन पिलाउने र झण्डै दुइतिहाई नजिकको जनमत पाएको कम्युनिस्ट सरकार र पार्टी समाप्त पार्न मुख्य भूमिका खेल्ने व्यक्तिका रूपमा परिचित छन । यी तीन विशेषणले माधव नेपाल तलका कार्यकर्ता र जनताकै बीचमा समेत परिचित छन।

हुनत यस कुरालाइ भारतीय दूतावासबाट तलब खाँदै आएका उनी निकटका केही नेताले स्वीकार गर्दैनन् । यद्यपी यो विषयमा जनताकै बीचमा छर्लङ्ग भैसकेको छ । अब माधव नेपालको व्यक्तित्व लोभी र स्वार्थी नेताको रूपमा दर्ज भैसकेको छ ।

जनताले राजा फाल्न चाहँदा ज्ञानेन्द्रको पाउमा

पूर्व राजा ज्ञानेन्द्र सत्तामा हुँदा माधव नेपाल ज्ञानेन्द्रको प्रधानमन्त्री बन्ने बिज्ञापनमा नाम दर्ता गर्न पुगेका थिए । म लायक छु भन्दै ज्ञानेन्द्र समक्ष निबेदन हालेका उनले ज्ञानेन्द्रलाई शक्तिको सम्पूर्ण स्रोत मानेर दाम चढाउँदै ढोग्न पुगे । उनले दाम चढाएर ज्ञानेन्द्रको पाउ पर्दा जनताले राजतन्त्र फाल्न चाहेका थिए । तर उनलाई भने जनताको इच्छा र मत लाई कुल्चेर राजा बलियो बनाउने हतारो थियो ।

गणतन्त्र आएपछि संबिधान सभाको निर्वाचनमा उनी जनमतको परिक्षणमा पुगे । तर १० हजार जनतालेपनि रुचाएनन् । तरपनि चोर बाटोबाट प्रधानमन्त्री बने । राजा ज्ञानेन्द्रको पाउमा चढाएको दाम र प्रधानमन्त्रीको लागि दरबारमा हालेको बिन्तीपत्रले माकुने लाई सधैं तर्साई रहन्छ त्यसैले दरबारलाई गालि गर्न माधव नेपाल जहिल्यै डराउछन ।

होलीवाइन र क्रिश्चियन धर्म प्रचार

क्रिश्चियन धर्मप्रचारक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका माधव नेपाल करिब सल्लाहकार नै हुन । नेपालमा एकनाथ ढकालले नेतृत्व गर्ने उक्त संस्थाको प्रायोजनामा दर्जनाैँ पटक विदेशिने माधव नेपालले प्रधानमन्त्रीदेखि धेरैलाइ एउटा होटलमा जम्मा पारेर होलीवाइन पिलाए । त्यस पनि राज्यको कोषको तीन करोड बढी खर्च पनि गराए ।

अन्तर्राष्ट्रिय रूपमा विवादित क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसन (युपिएफ)को कार्यक्रमको मुख्य मध्यस्तकर्ता माधव नेपाल थिए । क्रिश्चियन धर्मको प्रचारका लागि राज्यकोषबाट करोडाैँ लगानी गराउने माधव नेपालले नेपालको सनातन हिन्दू धर्मको संरक्षणका लागि के गरे त ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ । हुनत माधव नेपालका अत्यन्तै निकट मानिने उनीसँगै तत्कालीन एमालेको महासचिवमा हारेक सुरेन्द्र पाण्डेसमेत चर्चको जग हाल्दै हिड्ने नेतामा पर्छन ।

चर्चसँग सम्बन्धित केही समाचारहरू यहाँ पढ्न सक्नुहुन्छ

-चर्चको जग हाल्दै नेकपाका नेता सुरेन्द्र पाण्डे, दलका नेताहरूमा किन बढ्दै छ चर्चप्रतिको मोह ?

-नुवाकोटमा नक्सापास नगरी बनेको चर्च उद्घाटनमा कांग्रेस नेताको लर्को (फोटोफिचर)

-परिवार भाँड्न र गरिबको सम्पत्ति लुट्न क्रिस्चियनको डरलाग्दो खेल, सरकार निरीह (भिडियोसहित)

-खाममा दाम राखेर बाइबल बाँड्दै हिडेँका दुई विदेशीसहित पाँच क्रिस्चियन प्रचारक पक्राउ

-आनन्दवन अस्पतालमा उपचारका नाममा क्रिस्चियन धर्मको प्रचार, विरामीलाई बाइबल पढाइन्छ

-क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका २ भारतीयसहित ६ जना तेह्रथुमबाट पक्राउ

नेकपा र नेकपा नेतृत्वको सरकार समाप्त पार्ने अभियानमा अगुवा

माधव नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी मात्र होइनन । उनी भारतीय इशारामा नेपाली जनताले झण्डै दुइ तिहाइ मत दिएको कम्युनिस्ट सरकार ढाल्ने र ठूलो भएको कम्युनिस्ट पार्टी फुटाउने अभियानका मुख्य खलपात्र बने । सशस्त्र द्धन्द्धको समयमा बिरोधीको ढाडमा टेकेर टाउको हान्ने नीति लिएका प्रचण्डका लागि उक्साइ उक्साइ ढाड थापेर ओलीविरूद्ध प्रहार गर्ने नाममा नेकपा नै विभजित गराउने काम माधव नेपालले नै गरे ।

माधव नेपालका भाइ भतिजा र सम्धीको उचित व्यवस्थापन नभएको उनी रूष्ट थिए । त्यही कुण्ठाको बलमा प्रचण्डलाइ समेत उकासेर उनले नेकपा विभाजनमा सफलता हात पारे । जुन सफलता माधव नेपालका लागि भए पनि आम कम्युनिस्ट कार्यकर्ताका लागि दुर्भाग्य थियो ।

प्रधानमन्त्री बनिदिनुपर्यो भन्दै शेरबहादुरको शरणमा 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको झण्डै दुइ तिहाइ नजिक रहेको कम्युनिस्ट सरकार समाप्त पार्न तीनै माधव नेपाल अहिले प्रचण्डको साथमा लागेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शरणमा पुगेका छन । उनीहरूले देशमा कम्युनिस्ट चाहिएन तर ओलीलाइ जसरी पनि सत्ताच्यूत गर्नुपर्यो भन्ने प्रस्ताव राखेका छन ।

भारतसँग आँखा जुधाएर हरेक समस्यामा बहस गर्ने हिम्मत देखाएका ओलीलाइ उनी निकटकै नेता प्रयोग गरेर राजनीतिमा असफल पार्न भूमिका खेलिरहेको भारतीय इशारामा पछिल्लो समय प्रचण्ड र माधवका गतिबिधि भएका छन । हुनत यसअघि नै प्रचण्डले सरकार ढल्न लागिपरेको भारत भनेकै हामी हौँ भनेर स्पष्ट पारिसेका छन ।

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेर त्यहाँबाट भारतीय सेना हटाउनका लागि काम गरिरहेको अवस्थामा उनीमाथिको आक्रमण तीब्र हुनुले पनि प्रचण्ड र माधवको गतिबिधिमा भारतको मुख्य हात छ भन्ने देखिन्छ । कार्यकर्ताले नेता मानेका व्यक्तिहरू अहिले भारतीय इशारामा कठपुतली बनेर नाचिरहेका छन ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार ०९:२३