१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

ओली विनाको नेकपाको कुरा गरेर नौटंकी नगरौँः मुख्य सचेतक भट्टराई


१२ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा राष्ट्रियसभाको सत्तापक्षका प्रमुख सचेतक खिमलाल भटराईले केपी ओली बिनाको नेकपाको कुरा गरेर नौटंकी नगर्न अनुरोध गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्नदै भट्टराईले यस्तो टिप्पणी गरेका हुन ।

उनले भनेका छन ‘केपी ओलीले माफी मागेपछि एकता हुन सक्छ, प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीलाई हटाएर एकता हुन्छ जस्ता कुरा सुन्दा हासो लाग्छ, अचम्म लाग्छ। यो नौटंकी नगरौ। कमरेड ओलीलाई विदा गरेर ठूलो पार्टीको नेता र प्रधानमन्त्री बन्ने सपना कसैले नदेख्दा राम्रो होला । बरु एकताको वास्तविक आधारको खोजी गरौ । निषेध होईन, सबैलाई मिलाउने काम गरौ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार २२:२७