७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

समृद्धि फाइनान्सको समृद्ध यात्रा, बुधबारदेखि पोखरा शाखा सञ्चालनमा, देशभर पाँच शाखा पुग्यो


१२ फागुन, काठमाडाैँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले पोखराको चिप्लेढुङ्गामा नयाँ शाखा सञ्चामलनमा ल्याएको छ । बुधबार नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका निर्देशक ईश्वरी प्रसाद भट्टराई र फाइनान्सका अध्यक्ष विनोद सुवेदीले संयुक्त रूपमा रिवन काटेर शाखाको उद्घाटन गरे । मकवानपुरको हेटौंडामा प्रधान कार्यालय रहेको सो संस्थाको काठमाण्डौंको पुतलीसडक र बुटवलमा शाखा रहेका छन । नारायणगढको, चितवनमा पाँचौ शाखा सञ्चालनमा आइसकेको र चाँडै उद्घाटन हुने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टीकानिधी लोहनी ‘मधु’ले जानकारी दिए ।


पोखरामा सञ्चालनमा अाएको शाखासहित समृद्धिको देशभरि पाँच शाखा सञ्जाल भएको छ । फाइनान्सले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार १६:०९