१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

-ईश्वर पोखरेल

लड्दै उठ्दै र लड्दै उठ्दै
हिंड्न सिकेका मानिसहरू ।

अनगिन्ती कमजोरीबाट
पाठ सिक्दै उठ्न सिकेका मानिसहरू ।

अनुभवका पाठशालामा
पढ्दैर सिक्दै पोख्त बनेका मानिसहरू ।

अनेक लडाईंमा रगतपच्छे भएर पनि
बाँच्न सिकेका मानिसहरू ।

दुष्चक्र विरूद्धको लडाईंमा पनि
जित्छन् र जितिछाड्छन् मानिसहरू ।

कमजोरीमा किचिएर होइन
कमजोरीलाई पराजित गर्दै ।

गन्तव्य लक्षित बनेर हिंडिरहन्छन् मानिसहरू

चिरन्जिवी बनिछाड्छन् मानिसहरू ।।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार ०७:००