६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

स्रोत नखुलेको १० लाख रुपैयाँसहित सप्तरीबाट दुई महिला पक्राउ


११ फागुन, काठमाडाैँ ।  सप्तरीबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित प्रहरीले दुई महिलालाई पक्राउ गरेकाे छ ।  पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास रहेका छन् ।

नेपाल भारत सीमा नाका तिलाठीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट नजिक जाँच्ने क्रममा ती दुई महिलासँग १० लाख नेपाली रुपैयाँ फेला परेको र उक्त रकमको स्रोत देखाउन नसकेकोले निण्न्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलवार १७:०८