१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

अर्थमन्त्रीको स्वागत बहिष्कार गरेका गभर्नर नेपाल राजिनामा दिने तयारीमा


१५ फागुन, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाको अर्थमन्त्रालय प्रवेशको समयमा स्वागत गर्न समेत नगएर बहिष्कारको सन्देश दिएका नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपाल राजिनामा दिने तयारीमा लागेका छन ।

खतिवडाले सुुधारेको अर्थतन्त्रलाई ध्वस्त पार्ने बाटोमा लगेको आरोप लागेका नेपालले आफ्नो असन्तुष्टि हिजै सर्वजनिक गरिसकेका छन । अर्थमन्त्रीको सवागतमा समान्यतथा गभर्नरसमेत जाने विगतको प्रचलनलाई तोड्दै नेपालले आफ्नो असन्तुष्टि देखाएका छन ।

२०७१ चैत्र ५ गते तत्कालीन सुशील कोइराला नतृत्वको सरकारको समयमा राष्ट्रबैंकको नेतृत्वमा पुगेका नेपालले राष्ट्र बैंकमा सबेर सुधार्ने भन्दा पनि विगार्ने काम गरेको भन्दै आरोप लाग्ने गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार १४:१३