७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मंगलबार नेप्सेमा ११ लाख ५९ हजार कित्ता बाेनस सूचिकृत


११ फागुन, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  २ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेमा स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १ लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

त्यस्तै आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडको ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलवार १४:४८