१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य घट्न सुरु


११ फागुन, काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य घट्न सुरु भएको छ । मंगलबार बजार खुलेलगत्तै बढ्न थालेको नेपाल इन्फ्रास्ट्रकचर बैंक (नीफ्रा) को शेयर मूल्य २० मिनेटमा नै सकारात्मक सर्किटबाट नकारात्मक सर्किट लाग्न पुगेको हाे ।

कारोबार सुरु भएसँगै निफ्राको सेयर मूल्य १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको हो । ६६० रुपैयाँबाट शुरु भएको कारोबार ७२६ रुपैयाँसम्म पुगेको थियो । पुन शेयर मूल्य घट्दै आहिलेसम्ममा ५९४ रुपैयाँमा कारोबार भइरहेको छ । प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १९ अंक बढेको थियाे।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलवार १२:०८