१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मंगलबार ११ सयले बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलामा ?


११ फागुन,काठमाडाैँ ।  स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार १०० ले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा रु एक हजारभन्दा बढीले सुधार आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रतिकात्मक तस्बिर ।

यस्तै तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने रु ८९ हजार ६५० मा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा रु एक हजार १०० ले उकालो लागेको हो । चाँदीको मूल्यमा समेत आज रु २५ ले वृद्धि भएको छ । तोलामा रु एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३६० मूल्य कायम भएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलवार ११:३१