११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

एनसेल एपको नयाँ संस्करण संचालनमा


१० फागुन, काठमाडाैँ । सबै एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकता अनुसार सेवाहरु सुचारु गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले सोमबार विविध थप सुविधा सहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको छ ।

नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्दछ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।

यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु लगायत विभिन्न कार्यहरु गर्न सक्छन् । एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्छन् । ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सक्छन् ।
त्यसैगरी यस संस्करणमा एप मार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ् लगायतका कार्यहरु गर्न सक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार २०:२९