१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

माझण्ड समूहले डोल्पामा अध्यक्ष बन्ने मान्छे पनि पाएन, अध्यक्षमा प्रस्तावित रोकाया ओली समूहमा


१० फागुन, काठमाडाैँ । प्रचण्ड-माधव पक्षीय नेकपाले डोल्पा जिल्ला अध्यक्ष बनाएका दत्तबहादुर रोकायाले आफू केपी ओली पक्षमा रहेको बताएका छन् । उनले आफूलाई जानकारी नदिई अध्यक्ष बनाइएको समाचार आएपछिमात्र थाहा पाएको भन्दै आपत्ति जनाएका हुन् । रोकायाले आफू केपी ओली नेतृत्वको नेकपाको चुनावी अभियानमा रहेको भन्दै अर्को पक्षमा नलागेको प्रष्ट पारेका छन् । उनले विज्ञप्ति जारी गरी आफ्नो नाम अर्को समूहको अध्यक्षमा राखिएकोमा असहमति जनाएका हुन् । रोकाया साविक नेकपा एमालेको जिल्ला अध्यक्ष थिए । पार्टी एकीकरणपछि पनि उनी सोही पदमा छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार २०:३९