१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भैरहेको छः मन्त्री श्रेष्ठ


१० फागुन, काठमाडाैँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भैरहेको बताउनु भएको छ । उहाले २०२८ सालको शिक्षा ऐनलाई परिवर्तन गरी शिक्षामा आमुल परिवर्तन आवश्यक रहेको जोड दिनुभएको छ । लुःनिभा वाल सरोकार समुहले ललितपुरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाले आफुले मन्त्रालयको वागडोर सम्हालेपछि थुप्रै परिवर्तन गरेको उल्लेख गर्नुभएको छ ।

कोभिड–१९ को कारण थला परेको शैक्षिक क्षेत्रको सुधारका लागि नया योजना ल्याउने प्रकृया अघि बढाएकाे उहाले जानकारी गराउनुभयो । अलमलमा रहेको शैक्षिक क्षेत्रको टुङगो लगाएका छौ । विद्यार्थी स्थानान्तरण गर्ने व्यवस्था गरेका छौ । एसईईको गुणस्तर सुधार गर्न संघबाटै एसईई लिने व्यवस्था गरेका छौँ–उहाले भन्नुभयो ।

समग्र सुदुर पश्चिम प्रदेशको शिक्षा विकासका लागि शिक्षा, विज्ञान प्रविधि मन्त्रीसँग आयोजना गरेको अन्तक्र्रियामा उहाले राजधानीको शिक्षा प्रणालीलाई सिकेर सुदूरपश्चिमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाले भन्नुभयो– तपाईहरु राजधानीको शिक्षा, शिक्षण पद्धतीको विषयमा अध्ययन गर्न आउनुभएको छ । यहाको कुरा सिकेर आफ्नो क्षेत्रमा लागु गराउनुस । अन्तक्रिया गर्न सुदुर पश्चिमका डडेल्धुराका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय जनप्रतिनिधि राजधानी आएका थिए ।

चालु शिक्षा प्रणालिबाट मुलुकले सोचे जस्तो फड्को मार्न नसक्ने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले यसको लागि वर्तमान समयमै सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाले शिक्षा प्रणालीको समग्र सुधार गर्न सबै प्रदेशका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको महत्वपुर्ण भुमिका रहने उल्लेख गर्नुभयो । उहाले सरकार द्धन्द पिडित , राहत, अस्थायी शिक्षकको समस्या समाधान गर्न लागि परेको उल्लेख गर्दै यस्ता विषयमा सरकारको गम्भीर ध्यान पुगेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको डडेलधुराको अजेयमेरु नगरपालिका र गन्यापधुरा नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सहित ३२ वटा विद्यालयका प्रतिनिधिहरुलाई काठमाडौँको नमुना विद्यालयहरुको भ्रमण गर्न राजधानी आएका थिए ।

कार्यक्रममा डडेलधुरा जिल्लाको गन्यापधुरा नगरपालिका वडा नं ६ का अध्यक्ष चेतराज भट्टले २० देखि ५० जना विद्यार्थी अध्ययन गर्ने विद्यालयमा पुग्न विद्यार्थीहरुले ५ देखि ६ घण्टा सम्मको यात्रा गर्नु पर्ने समस्या मन्त्री श्रेष्ठ समक्ष व्यक्त गरेका थिए । कार्यक्रममा लुःनिभा वाल सरोकार समुहका सल्लाहकार स्वयंम्भुराज डंगोलले , कार्यकारी निर्देशक नरेन्द्र डंगोल,कार्यक्रम व्यवस्थापक सन्तराम डंगोलले लुःनिभाले गरेको योजना र भावी कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । भ्रमणपछि टोलीले काठमाडौँ शिक्षा घोषणापत्र जारी गरी नया योजना तय गर्नेछन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार १७:४४