१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

बैशाख दोस्रो साताबाट नेपालमा नेपाल सुपर लिग (एनएसएल) हुने


१० फागुन, काठमाडाैँ । बैशाख दोस्रो साताबाट नेपालमा पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) हुने भएको छ ।  नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गरेर नेपाल सुपर लिग बैशाख ११ गतेबाट हुने जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता बैशाख २५ गतेसम्म सञ्चालन हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिगमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि विभिन्न ७ टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन् । त्यसका लागि टिम र टिम मालिकको नाम भने दुई साता भित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ । राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा सहभागि हुने टोलीले स्वदेशी र विदेशी खेलाडी राख्न पाउनेछन् ।

टोलीमा खेलाडी समावेश गर्न खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ । लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् भने दुई खेलाडी प्लेईङ सेटमा रहेर खेल्न पाउने आयोजकले जनाएको छ । खेलाडीको श्रेणी एन्फासँगको सहकार्यमा छुट्टाईने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि विजेताले पाउने रकम भने पछि सार्वजनिक गर्नेे आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार १७:२३