१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मेक्सिकोमा सैन्य विमान दुर्घटना, ६ जनाको ज्यान गयो


१० फागुन, काठमाडाैँ । मेक्सिकोमा सैन्य विमान दुर्घटनामा परेको छ । दुर्घटनामा ६ जनाको ज्यान गएको छ । एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोको सरकारी अधिकारीले बताएका छन् ।

स्थानीय समयअनुसार दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान हिजो बिहान दुर्घटनामा परेको हो । विमान दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुलिनसकेको त्यहाँका रक्षामन्त्रीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार ०९:५५