१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कलाकार रुबिना दिलाइक बिग बोसको १४ औं सिजनको बिजेता, ३६ लाख भारू जितिन


१० फागुन, काठमाडाैँ । भारतको विवादित तर सबैभन्दा ठूलो रियालिटी शो बिग बोसको १४ औं सिजनको बिजेता कलाकार रुबिना दिलाइक बनेकी छिन् । उनले नगद ३६ लाख भारू पनि प्राप्त गरेकी छिन ।

बिग बोसको १४ औं सिजनको फर्स्ट रनरअप राहुल वैद्य बनेका छन् । यसअघि इण्डियन आइडलको पहिलो सिजनमा पनि उनी फर्स्ट रनर अप बनेका थिए ।

‘रियालिटी शो’का होस्ट सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि फाइनलमा पुगेका सबै प्रतियोगीबीच विकल्प प्रस्तुत गरेका थिए । उनले १४ लाख भारतीय रुपैयाँ लिएर शो छोड्न सकिने बताएका थिए । प्रतियोगीलाई निर्णय गर्न ३० सेकेण्डको समय दिइएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार ०९:४३