४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

ज्योति लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्न धितोपत्र बाेर्डबाट पायाे अनुमति


९ फागुन, काठमाडाैँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ । बोर्डले इन्स्योरेन्सलाई फागुन ७ गते ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

ज्योति लाइफले एनएमबि क्यापिटललाई आईपीओ बिक्री प्रबन्धक नियुक्त गरेको छ। हाल १ अर्ब ५४ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी आईपीओ निष्काशनपश्चात २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आईतवार १६:१५