८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपालले खरिद गरेको १० लाख डोज काेराेना विरुद्धको खोप काठमाडाैँ आइपुग्यो


९ फागुन, काठमाडाैँ । भारतबाट नेपाल सरकारले खरिद गरेको काेराेना विरुद्धको १० लाख डोज खोप काठमाडाैँ आइपुगेको छ । आइतबार एयर इन्डियाको विमानबाट १० लाख डोज खोप काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौताअनुरुप साे खोप आएको हो । खोप भण्डारणका लागि विमानस्थलबाट टेकुस्थित ‘कोल्डरुम’मा लगिने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही फागुन २३ गतेदेखि सञ्चालन हुने नयाँ खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने जनाएको छ ।

दोस्रो चरणमा ५५ वर्ष माथिका नागरिक र जोखिम समूहलाई प्राथमिकता दिइनेछ । माघ ८ गते १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । जस अनुसार पहिलो चरणको खोप अभियान सञ्चालन सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आईतवार १४:५७