१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

सिभिल बैंकको ८.४२ प्रतिशत लाभांश पारित


९ फागुन, काठमाडाैँ । सिभिल बैंक लिमिटेडको आज सम्पन्न १० औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएकाे कुल ८.४२ प्रतिशत लाभांश पारित गरेको छ। भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाले सञ्चालक समितिकाे प्रस्ताव अनुसार बैंकको चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३.९१ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि प्रतिसेयर ०.४२ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४८२.८४ रुपैयाँबराबरको नगद लाभांश स्वीकृत गरेकाे हो।

यस्तै साधारणसभाले चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्नका लागि एनबीएसएम एन्ड एसोसियट्सलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्नेलगायत प्रचलित नियम, कानुनअनुसार बैंकका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ।


बैंकले ५ लाखभन्दा बढी ग्राहकलाई ११४ शाखा, ६ एक्सटेन्सन काउन्टर तथा ८९ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ। बैंकले ७८ अर्बभन्दा बढी निक्षेप संकलन र ७२ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आईतवार १४:१७