६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

नागढुंगा सुरूङ निर्माणमा तीब्रता, दैनिक ४३४ जना कामदार परिचालित (फोटोफिचर)


८ फागुन, काठमाडाैँ । नागढुंगाको सुरूङ निर्माणले गति लिएको छ । अहिले तीब्र गतिमा काम भैरहेको प्रधानमन्त्री केपी शर्मा अोलीका विकास विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए । थपलिएका अनुसार नागढुंगाकाे पूर्वीतर्फकाे २७ मिटर मुख्य टनेल  र २५ मिटर इभ्याकुसेन टनेल खन्ने काम सम्पन्न भएको छ ।

सुरूङ निर्माणमा दैनिक ४३४ जना कामदार परिचालित भएका छन । सम्पूर्ण आवश्यक मेसिनरी सामानसहित दुबै तर्फबाट दुइ सिफ्टमा काम भैरहेको छ । समयमै काम सम्पन्न गर्न र गुणस्तरीयता सुनिस्चितता गर्न कुनै समस्या नहुने थपलियाले बताएका छन । उनले कामको गतिप्रति सन्तुष्टि जनाउँदै खुशी प्रकट गरेका छन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार ०९:२८