११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

विद्यालयमै बालिकामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ


७ फागुन, कञ्चनपुर । १४ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको अभियोगमा कञ्चनपुरमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका-६ बिद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङगानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

प्रतिकात्मक तस्बिर ।

विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङगानाले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार १२:३४