१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुनको मूल्य ९ महिना यताकै सस्तो, कति पुग्याे ताेलामा ?


७ फागुन, काठमाडाैँ । सुनकाे मूल्य ९ महिना यताकै सस्ताे भएकाे छ ।  शुक्रबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज छापावाला सुन प्रतितोला ८८ हजार २ सय रुपैयाँमा काराेबार भएको छ । बिहिबार सुन ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यसैगरी, आज तेजावी सुनको मूल्य ८७ हजार ७ सय ५० रुपैयाँ काराेबार भएको छ । बिहिबार तेजावी सुन प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी ३० रुपैयाँले घटेर १३ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार ११:२०