१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

रु रु जलविद्युतको आईपीओमा आजदेखि आवेदन दिन सकिने


७ फागुन, काठमाडाैँ । रुरु जलविद्युत् परियोजना लिमिटेडले आजबाट आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाहरुका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । रुरु जलविद्युत् परियोजना लिमिटेडले ४ करोड ७ लाख ७० हजार ५०० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता साधारण सेयर (आइपिओ ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् ।

आईपीओमा छिटोमा फागुन २१ गते र ढिलामा चैत ८ गते आवेदन दिन पाइनेछ। उक्त आइपिओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । स्थानीयहरुले शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको गुल्मीका विभिन्न शाखा कार्यालय, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन्। यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछन्।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार १०:०२