११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

ग्रीन लाइफको आईपीओ आज बाँडफाँड हुँदै, १० लाख बढी आवेदककाे हात खाली हुने


७ फागुन, काठमाडाैँ । आज ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ हुँदैछ। मंगलबार प्रि-अलटमेन्ट सम्पन्न भएको शेयर आज बाँडफाँड गर्ने बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएकाे छ ।

कम्पनीको आईपीओमा १३ लाख २६ हजार ७७ जना आवेदकबाट २ अर्ब ३७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरको २ करोड ३७ लाख ३० हजार १ सय ८० कित्ताको लागि आवेदन परेको छ । जसअनुसार १० कित्ताको दरले ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले शेयर हात पार्नेछन् भने बाँकी १० लाख ९ सय भन्दा धेरै जनाको हात खाली हुनेछ ।


कम्पनीकाे शेयरमा माग गरिएको भन्दा ७.३० गुणा धेरै आवेदन परेकाे छ । माग भन्दा धेरै आवेदन परेकोले उक्त आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ । कम्पनीले माघ २३ बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे ।

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार ०८:२४