१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

राजेन्द्रप्रसाद पाण्डे इतिहासकै कमजोर, मनमोहनको अध्यक्षबाट पराजित हुने संकेत


६ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र दुब्लाउँदो छवी भएका धादिङका राजेन्द्रप्रसाद पाण्डे विश्वकै पहिलो जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको नाममा व्यपार गरेको भनेर आलोचित छन । कतिपय उनका कामले आरोपलाइ पुष्टि पनि गर्छ । पार्टीभित्र र अझ धादिङको राजनीतिमा अत्यन्तै कमजोर बनेका उनी मनमोहनका नाममा व्यापार गर्ने एउटा सहकारीमा समेत निकै कमजोर देखिएका छन ।

विगतमा उनले गरेको प्रतिवद्धताका कारण समर्थन गर्दै आएका फरक राजनीतिक आस्था भएका व्यक्ति र उनकै राजनीतिक आस्था भएका व्यक्तिहरू उनको विरूद्धमा देखिएका छन । मनमोहनका नाममा व्यपारको सम्राज्य विस्तार गरेका पाण्डे सहकारीभित्रै घेराबन्दीमा परेका छन । मनमोहन मेमोरियल मेडिकल कलेज र शिक्षण अस्पताललाई सञ्चालन गरिरहेको नेपाल स्वास्थ्य सेवा सहकारीको आगामी अध्यक्षको लागि पाण्डेलाइ तीन जनाले चुनौति दिएका छन ।

विगतमा पाण्डेकै निकट सहयोगी मानिएकाहरूले नै उनको विरूद्धमा उम्मेद्वारी दिएका छन । यही फागुन १५ गते अध्यक्षका लागि मतदान हुँदैछ । पाण्डेले सचिवमा समेत विगतमा आफ्नै स्वकीय रहेका राजेन्द्र बराललाइ अघि सारेपछि अर्को उम्मेदावारी परेको छ । १५ गते दुइ पदमा मतदान हुनेभएको छ । गत निर्वाचनमा धादिङबाट उम्मेदवारीमा नाम समेत सिफारिस नभएपछि माधव नेपालको शक्ति लगाएर नेत्र पौडेलको टिकट खोसेका पाण्डे सांगठनिक रूपमा निकै कमजोर बनेको सहकारीको अध्यक्षमा निर्विरोध हुनबाट रोकिएपछि नै पुष्टि भएको छ ।

विगतमा पाण्डेको दाहिने हात भनेर परिचत भएका डा रामकुमार अधिकारी समेत अहिले बामदेव गौतको अभियानमा लागेका छन । उनी पनि अध्यक्षको आकांक्षी थिए तर पछि उम्मेदवार धेरै हुनेभएपछि उपाध्यक्षमा सर्वसम्म भएका छन । उनी यसअघि सचिव रहेका थिए । पाण्डे र अधिकारी दुबै बागमती प्रदेशको प्रदेशसभा सदस्य हुन । अहिले मनमोहनको अध्यक्षमा पनि पाण्डेको विकल्पको खोजीमा देखिने अनुहार मध्येका धेरै लागेको देखिएको छ । जसका कारण पाण्डेको इतिहासकै कमजोर देखिएका छन ।

पूर्व एमाले, पूर्व माओवादी र नेपाली कांग्रेस निकटका सेयर सदस्यहरू पाण्डेको विकल्पमा देखिएका छन । पाण्डेलाइ चुनौति दिन गणेश सिंखडा, सुवर्ण मल्ल र रामकुमार गिरी उभिएका छन । पाण्डेका कारण सहकारी समस्यामा परेको भन्दै उनीहरूले सेयर सदस्यहरूले विकल्प दिने बताएका छन । अध्यक्षमा पाण्डेलाइ चुनौति दिने मध्येका एक सिंखडाको ८ बुँदे प्रतिवद्धता यस्तो छ ।

१। सेयर धनी कक्ष अत्यन्त ब्यबस्थित गरिने छ। शेयर सदस्यहरु र उहाँका परिवारका सदस्यहरुलाई उपचार गर्न आउँदा बिना कुनै झन्झट सजिलो ब्यबस्था गरिने छ।

२। हाम्रो कार्यकालमा मेडिकल कलेज स्थापना गरिने छ।

३। संस्थाको ऋण तिरिने छ।

४। दस लाख भन्दा कम रकम शेयर पुँजी राखेका शेयर धनीहरुलाई अबको एक बर्ष भित्रमा शेयर रकम बराबरको रकम बोनसको रुपमा उपलब्ध गरिने छ र शेयर पुँजी भने सोही रकम बराबरको कायम गरिने छ। शेयर धनीहरुलाई प्रत्यक बर्ष डिभिडेन्ट बाँडिने छ।

५। अस्पताललाई अत्याधुनिक बनाइने छ, काठमान्डौको औंलामा गनिने राम्रो अस्पतालको रुपमा लिइने अवस्थामा पुर्याइने छ।

६। क्याम्पसमा अन्य कार्यक्रम थपिने छ।

७। संस्थालाई सुशासन को उदाहरणको रुपमा बिकास गरिने छ। सम्पूर्ण हिसाब किताब पूर्ण पारदर्शि बनाइने छ।

८। संस्थाको प्रगतिको लागि आवश्यकता अनुसार अन्य कार्यहरु गरिने छ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार १९:४२