१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोरोनाविरुद्धको खोप निजी कम्पनीले पनि ल्याउन पाउने


६ फागुन, काठमाडाैँ । कोरोनाविरुद्धको खोप निजी कम्पनीले पनि ल्याउन पाउने भएकाे छ । सरकारले कोरोनाविरुद्धको खोप निजी कम्पनीले पनि ल्याउन पाउने गरि प्रक्रिया अघि बढाएको छ । यसरी निजी कम्पनीले ल्याउने खोप सरकारले भने किन्ने छैन । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले विहिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निजी कम्पनीलाई पनि खोप ल्याउन दिने गरी मापदण्ड बनाउने बताउनुभयाे ।

निजी कम्पनीको खोप निजी प्रयोजनमा दिन सकिने मन्त्री त्रिपाठीले जानकारी दिनुभयाे। मन्त्री त्रिपाठीले सरकार आफैँले खोप किने निःशुल्क लगाउने समेत बताउनुभयाे । सरकारले ल्याएको खोप निःशुल्क हुने र मापदण्डभित्रका मान्छेलाई लगाइनेछ । मन्त्री त्रिपाठीले निजी कम्पनीले निजी प्रयोजनका लागि ल्याउन सक्ने गरी व्यवस्था गरिने बताउनुभयाे । यसअघि सरकारले भारतसँग २० लाख डोज खोप किन्न  प्रक्रिया अघि बढाइसकेको छ ।

भारतसँग किन्न लागिएकाे साे खाेप २ साताभित्र नेपाल आउने छ । सरकारले खोपका लागि १ अर्ब रूपैयाँ अर्थमन्त्रालयमार्फत निकास गर्दैछ । चीनको खोपलाई पनि आकस्मिक प्रयोगका अनुमति दिइएको छ । चीनले पनि ५ लाख डोज खोप अनुदानमा दिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार १५:३७