७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आज पनि घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


६ फागुन, काठमाडाैँ । बिहिबार पनि सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ताेलामा ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलाको छापावाल सुन ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियाे ।


त्यसैगरी, आज तेजावी सुनको मूल्य ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी ५ रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार ११:४५