१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

महिला लघुवित्तको आइपीओमा माग भन्दा ६२.४९ गुणा बढी आवेदन


५ फागुन, काठमाडौँ  । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आइपिओ) मा ६२.४९ गुणा बढी आवेदन परेकाे छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बुधबार साँझ ४ः४५ बजेसम्म लघुवित्तको आइपीओमा १५ लाख १९ हजार १२८ जना लगानीकर्ताले २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो सर्वसाधारका लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ६२.४९ गुणा बढी आवेदन हो ।

महिला लघुवित्तले आइपीओ भर्ने म्याद १ दिन थप गरी आजसम्म पुर्याएको हो । यसअघि फागुन ४ गतेसम्म आवेदन दिन पाइने भनिएकाेमा माघ ३० गते, शुक्रबार सार्वजनिक बिदा परेकाे हुनाले एक दिन समय थप गरिएकाे हाे । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे  हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार १७:५०