१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

भागरथी हत्या प्रकरणः आरोपित दिनेशलाई पाँच दिन हिरासतमा राख्न अदालतकाे अनुमति


५ फागुन, काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ ।

भागरथीका हत्यारा दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यानमुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार १६:५६