७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


५ फागुन, काठमाडाैँ । बुधबार नेपाली बजारमा सुनको मूल्य ह्वातै घटेको छ । आज सुनकाे मूल्य ११ सय रुपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाल सुन  तोलाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियाे ।


त्यस्तै, आज तेजावी सुनको मूल्य तोलाको ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार १२:०६