दैनिकी

  • ४ फाल्गुन २०७७, मंगलवार १६:५४

शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान होस्ः राष्ट्रपति भण्डारी

४ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञान, सीप र सिर्जनाको सन्देश दिने वसन्तपञ्चमी पर्वले मुलुकको समग्र शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।


राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै सरस्वती पूजाका अवसरमा बालबालिकालाई अक्षरारम्भ गराइने परम्परा रहिआएको उल्लेख गर्दै सो कामना गर्नुभएको हो ।

प्रकाशित मिति: ४ फाल्गुन २०७७, मंगलवार १६:५४