१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

काँकडभिट्टा नाकामा विषादी जाँज सुरु हुने


१५ फागुन, झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पूर्वी नाका काँकडभिट्टाबाट विषादीयुक्त र प्रतिबन्धित खाद्य वस्तुको आयात कडाइका साथ रोक्न सीमाका सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएका छन ।

मेची भन्सार तथा प्लान्ट, खाद्य र पशु क्वारेन्टाइन कार्यालयका अधिकारीलाई नगरपालिकाको कार्यालयमै सोमबार बोलाएर उनले निर्देशन दिएका हुन । मानव स्वास्थ्यमा घातक असर पु¥याइरहेको गुणस्तरहीन आयातीय खाद्य वस्तुलाई सीमामै रोक्न आफू अब गम्भीर भएर लाग्ने जानकारी दिँदै उनले भारतबाट आउने सबै खाद्य वस्तुलाई अनिवार्य गुणस्तर जाँच्न निर्देशन दिए ।

माछा, तरकारी, फलफूल, पेय पदार्थ, पत्रुखानालगायत सबै खाद्य वस्तु अब सीमामा नजाँची भित्र्याउन नदिइने नगरपालिकाले नीति लिएको नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताए ।

सीमाका कार्यालयले सुँघेर र छामेर माछालगायत खाद्य वस्तुको गुणस्तर जाँच गर्ने पुरानो चलन तत्कालै बदलेर वैज्ञानिक प्रयोगशालाको माध्यमबाट गुणस्तर जाँच्न नगर प्रमुख आचार्यले निर्देशन दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार १३:००