१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एर्दोआन दोस्रो पटक टर्कीको राष्ट्रपतिमा निर्वाचित


११ असार, काठमाडौँ । टर्कीको राष्ट्रपतिमा रेजेप तय्यीप एर्दोआन पुनः निर्वाचित भएका छन् । राष्ट्रपति चुनावको पहिलो चरणमा ने एर्दोआन दोस्रो कार्यकालका लागि निर्वाचित भए ।

टर्कीको सरकारी सञ्चारमाध्यमका अनुसार ९९ प्रतिशत मतगणना सकिदा ५३ प्रतिशत मत एर्दोआनले प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी मुहर्रम इन्चेले ३१ प्रतिशत मतमात्र पाएका छन । टर्कीमा राष्ट्रपति तथा संसदीय चुनाव एकैपटक भएको थियो । चुनावको अन्तिम नतिजा शुक्रबार घोषणा हुनेछ ।

विपक्षी दलले आधिकारिक रुपमा हार स्वीकार नगरे पनि आफूले लोकतन्त्रका लागि लडाईँ जारी राख्ने बताएको छ । टर्कीमा लगत्तै नयाँ संविधान लागू हुँदैछ जसले राष्ट्रपतिलाई अधिकारसम्पन्न बनाएको छ । एर्दोआन सन् २०१४ मा टर्कीको राष्ट्रपति बन्नुभन्दा पहिले ११ वर्ष टर्कीको प्रधानमन्त्री बनेका थिए । नयाँ राजनैतिक व्यवस्थामा टर्कीमा प्रधानमन्त्रीको पद कायम रहने छैन ।

प्रकाशित मिति : ११ असार २०७५, सोमबार १६:०६