१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मोदीको अमानवीय कुटनीति, माल्दिभ्समा चीनको प्रभव बढ्दै गएपछि भारतको अघोषित ‘नाकाबन्दी’


११ असार, काठमाडौँ । भारतले नेपालकै शैलीमा माल्दिभ्समा अघोषित नाकाबन्दी लगाएको छ । भारतले माल्दिभ्समा अत्यावश्यक वस्तुको निर्यातमा कटौती गरेको हो । आलु, प्याज, अण्डालगायत अरु खाद्यान्नको निर्यातमा पनि कटौती गरेको हो । भारतको यो कदमले माल्दिभ्समा खाद्यान्न अभाव हुन खतरा बढेको छ ।

केही समय यता माल्दिभ्ससँगको बिग्रँदो सम्बन्धका कारण भारतले निर्यात कटौती गरेको बुझिएको छ । माल्दिभ्समा चीनको प्रभव बढ्दै गएको भन्दै भारत रुष्ट बनेको छ । यस अघि आफूले दिएको दुई वटा हेलिकप्टर माल्दिभ्सले स्वीकार नगर्ने बताए पछि भारत थप रुष्ट बनेको थियो ।

यसअघि २०७२ सालमा नेपालमा पनि भारतले नाकाबन्दी लगाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि छिमेकीमाथि लगाइएको यो देस्रो नकाबन्दी हो ।

प्रकाशित मिति : ११ असार २०७५, सोमबार १६:०१