१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

शनि र समीक्षाको ‘ज्यानमारा मुस्कान’ सार्वजनिक ( भिडियो )


४ फागुन, काठमाडौँ । पछिल्लो समय नायक पल शाह र नायिका स्वस्तिमा खड्का अभिनित ‘ज्यानमारा मुस्कान’ बोलको युट्युब ट्रेन्डिङमा परेको छ। यस गीतमा स्वर गायक शनि बिश्वकर्मा र गायिका समीक्षा अधिकारीको रहेको छ। गीतमा दुर्लभ केसीको शब्द रहेको छ भने आशिष अविरलको संगीत र संगीत संयोजन रहेको छ।

सुबोल थापाले कोरियोग्राफी गरेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन। भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। भरत बहादुर बस्नेत र दुर्लभ केसी निर्माता रहेको यस भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलवार ११:२३