४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

लडाकुले नै माग्न थाले क्यान्टोनमेन्टको हिसाब, प्रचण्डको नेतृत्वमा १९ अर्ब घोटला


१ फागुन, काठमाडौँ । तत्कालीन माओवादीले गरेको युद्धको क्रममा धेरैले ज्यान गुमाए, धेरैले साहरा गुमाए भने धेरैले अंगभंग भएर बाच्नुपरेको छ । तर त्यही देखाएर तत्कालीन माओवादीका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले १९ अर्ब घोटला गरेको खुलासा भएको छ ।

युद्धकालीन एक जना मुख्य कमाण्डर समेत रहेका उर्जामन्त्री टोपबहादुर रायमाझीले लडाकुको नक्कली संख्या देखाएर १९ अर्ब रुपैया प्रचण्डले हिनामिना गरेको बताएका छन । वुटवलमा आयोजित पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले प्रचण्डसँग अझै धेरै हिसाबकिताब माग्न बाँकी रहेको बताए ।

भेलामा सम्बोधन गर्दै रायमाझीले भने ‘शान्ति प्रक्रियामा आइसकेपछि वाइसिएलमा रहेका समेत साथीहरु जम्मा गरेर १९ हजारलाई क्यान्टोनमेन्टमा राखियो । १९ हजार सेना राखेर हामीले ३४ हजार जनाको संख्या देखाएर भत्ता बुझ्यौं । त्यसको हिसाब बाबुराम भट्टराईले राख्नुभएको छ । उहाँका अनुसार सात आठ वर्षको सो रकम १९ अर्ब हुन्छ । त्यो पैसा कहाँ गयो रु’ रायमाझीले वाइसिएलका लागि भनेर लिएको थप रकम समेत प्रचण्डले झ्वाम परेको बताएका छन ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार १७:१०