११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

सभामुख सापकोटाले ३४८ बिघा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको खुलासा


३० माघ, काठमाडाैँ । सभामुख अग्नि सापकोटाले ३४८ बिघा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको खुलासा भएको छ । अधिवक्ता युवराज कोइरालाले सापकोटा वन मन्त्री भएको समयमा ठूलोमात्रामा सरकारी जग्गा व्यक्तिको नाममा गएको खुलासा गरेका हुन ।

उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उक्त जग्गा व्यक्तिको नाममा गराउने सापकोटाका विरूद्धमा मुद्दा चलाउन खुट्टा कमाएको आरोप लगाएका छन । सापकोटाले सुनसरीको धरानस्थित सर्दु जलाधार क्षेत्रको ३४८ बिघा सरकारी जग्गा वनमन्त्री भएको बेला व्यक्तिको नाममा दर्ता गराएका हुन ।

कोइरालाले उच्चस्तरीय छानविन आयोगले मन्त्री सापकोटामाथि कारबाही गर्न सिफारिस गरेको भएपनि अहिलेसम्म त्यस्तो हुन नसकेको बताएका छन । उनले उच्चस्तरीय समितिले सो निर्णय भ्रष्टाचार हो भनेर मुद्दा चलाउन सिफारिस गरेको बताएका छन ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार २२:५७