१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

आफ्नै बाबुको कुटपिट गरी हत्या गरेको अभियोगमा छाेरा पक्राउ


३० माघ, काभ्रेपलाञ्चोक । कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा पाँचखाल नगरपालिका-७ जोरपिप्ले बस्‍ने ३८ वर्षीय राजु गौतमलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर ।

राजु र उनका बाबु ५५ वर्षीय बलराम गौतमबीच घरायसी विषयमा विवाद भएपछि राजुले कुटपिट गर्दा बलरामको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले राजुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार १६:५८