१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

काठमाडौँकाे चन्द्रागिरीबाट अवैध लागूऔषध सहित १ जना पक्राउ


३० माघ, काठमाडौँ । काठमाडौँकाे चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध २ सय एम्पुल नोर्फिन, २ सय एम्पुल डाइजेपाम र २ सय एम्पुल प्रोमेथाइजिन सहित भारत मोतिहारी बस्ने २६ वर्षीय राज कुमार प्रसादलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

फाइल फाेटाे

वीरगंजबाट काठमाडौँ आउँदै गरेको ना.८ ख ४६८० नम्बरको बस महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार राजकुमारलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार १६:४३