१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नुवाकोटका तीन युवा लागुऔषध सहित समातिए


२९ माघ, नुवाकोट । नुवाकोटका तीन युवा लागुऔषध सहित समातिएका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोलीले चेकजाँचको क्रममा बेलकोटगढी नगरपालिकाको कोल्पुटारबाट ती तीन युवालाइ प्रक्राउ गरेको प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ पर्ने युवाहरू विदुर नगरपालिका वडा नम्बर ७ का रहेका छन । प्रहरीका अनुसार वर्ष २२ को निराजन सापकोटा, वर्ष २९ को ललित सुनार र वर्ष २२ रामचन्द्र नेपाली रहेका छन । उनीहरूलाइ नुवाकोट जिल्ला अदालतमा पेश गरी “लागुऔषध सम्बन्धी कसुर” मुद्दा शिर्षकमा मुद्दा दर्ता गराई थप अनुसन्धान कार्यको लागी दिन ५(पाँच) को म्याद अनुमती लिईएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १९:५८