१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

बिबाह गरेर एक महिनादेखि माइतमै रहेकी छोरीको गोली हानी हत्या गरेर बाबु फरार


२४ माघ, बैतडी । बैतडीमा आज बेलुका बाबुले गोली हानी छोरीको हत्या गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षे छोरी बेलमती महरा (धामी)को गोली हानी हत्या गरेका हुन् ।

शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । “छोरीको हत्या गरेर बुवा फरार रहेका छन्”, उहाँले भन्नुभयो, “घटना भएको सूचना पाएपछि पुरघाट प्रहरी चौकीबाट टोली खटिएको छ, थप कुरा आउन बाँकी छ ।”

घटनामा भरुवा बन्दुक प्रयोग भएको प्रहरीले जनाएको छ । घटनापश्चात फरार रहेका महराको खोजीकार्य तीब्र पारिएको छ । विवाहित छोरी एक महिनादेखि माइतमै बसीरहेकी बुझिएको छ । महराले छोरीमाथि किन गोली चलाए भन्ने खुल्न सकेको छैन ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार २१:५८