१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नयाँ बानेश्वर चोक ‘फ्रि वाइफाइ जोन’


१५ फागुन, काठमाडाैँ । काठमाडौँको महानगरपालिकाको वडा नम्बर १० लाई ‘फ्रि वाइफाइ जोन’ बनाउने अभियान सुरु भएको छ । सुरुमा नयाँ बानेश्वर चोकको केही भागलाई ‘फ्रि वाइफाइ जोन’ बनाइएको वडा अध्यक्ष रामकुमार केसीले जानकारी दिए । उनले बानेश्वरको अलवा थापागाउँ, बुद्धनगरको सेतो गणेशमन्दिर क्षेत्रमा पनि फ्रि वाइफाइ छाडिएको जानकारी दिए । फ्रि वाइफाइको उपयोग युवा पुस्ताले राम्रैसँग गरिरहेका छन । वडा कार्यालयले विगत दुइ महिनादेखि फ्रि वाइफाइ जोनको अवधारणा कार्यान्यनमा ल्याएकाे हो ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार १२:११