नेपालमै पिएचडी गर्ने सजिलो तरिकाः प्रा. डा. प्रेम शर्माका टिप्स

-भुमराज तिवारी 

नामको अगाडी डा. लेखाउने इच्छा नहुने को होला र ? अहिले पनि हामी डा. भन्ने वितिकै विशिष्ट प्रकारको सम्बोधन, बोली व्यवहार, सार्वजनिक र व्यक्तिगत जीवनमा उसको योगदानको चर्चा गर्न चुक्दैनौ । कुनै व्यक्ति डा. भएमा त्यो व्यक्तिको मात्र नभइ परिवार, समाज र राष्ट्रको गौरवको विषय बन्छ । व्यक्तिको नीजि जीवनमा पनि डा. उपाधिले आर्थिक, सामाजिक, राजनैतिक विषयमा सबैभन्दा पहिलो अवसर पाउँदै आएको छ ।

परिवारमा एक व्यक्ति डा. उपाधि पाउनु समग्र परिवारको इज्जत र प्रतिष्ठा नै समाजमा अलग पाइन्छ ।  विद्यावारिधी अर्थात पिएचडी उच्च तहको प्राज्ञिक उपलब्धि हो । पिएचडी आवश्यकता भन्दा बढि रहरले लिने शैक्षिक योग्यता हो । किनभने सानो तिनो इच्छा शक्ति र मेहेनतले यो उपाधि हासिल गर्न सकिदैन । पिएचडी अध्ययनको लागि स्नातकोतर तह दोश्रो श्रेणीमा उतीर्ण भएको हुनुपर्छ ।

त्रिभुवन विश्वविद्यालयमा डिन कार्यालय मार्फत सम्बन्धित केन्द्रीय विभागको मातहतमा पिएचडीको अध्ययन र शोधकार्य हुदै आइरहेको छ । पिएचडीको लागि अनिवार्य १८ महिना सम्बन्धित स्थानमा हाजिर भएर तिन सेमेस्टरको अध्ययन गर्नुपदर्छ । पिएचडीको आधारभूत ज्ञान, प्रक्रिया तथा विषयवस्तु बुझे पछि मात्र शोध निर्देशक मार्फत अनुसन्धान गर्न पाइन्छ । सामान्यतया अध्ययन सुरू गरेकाे ४ वर्षमा डा उपाधि लिन पाइन्छ ।

न्यूनतम पाँच लाख शुल्कमा पिएचडी सकिन्छ । पिएचडी गर्न जाँगर लगाउने हो भने पैसा लाग्दैन । विश्व विद्यालय अनुदान आयोग लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाले खर्च उपलब्ध गराउदै आएका छन । पिएचडी अग्रेजीमा नै लेख्नुपर्दछ र यसको धेरै जसो सन्दर्भ सामाग्रीहरु पनि अंग्रेजीमा नै हुने भएकोले अंग्रेजी भाषामा दख्खल नहुनेहरुले रहर नर्गनु नै वेस हुन्छ ।

अरुको सहयोगमा पिएचडी गर्नु निकै कठिन काम हुन जान्छ । त्यसैले अग्रेजी भाषाको दक्षता पहिलो शर्त हो । जाँगर, इच्छाशक्ति हुने मान्छेहरुले आफनो समयको व्यवस्थापन गर्न सकेमा जागिर खाने देखी लिएर गृहणीहरुले पनि पिएचडीको सफलतापूर्वक अध्ययन गर्न सक्छन । अहिले पनि पिएचडीमा भर्ना हुने सवैले डा. उपाधी लिन सक्दैन ।

भर्ना भएका हाराहारी २० प्रतिशत व्यक्तिहरु मात्र पिएचडी गर्न सफल भएको तथ्यांक छ । सन् २००० तिर त भर्ना भएका ३ प्रतिशतले मात्र पिएचडी गर्ने गरेको तथ्यांक छ । लगनशिलता, मेहनत, जाँगर हुनेहरुको लागी पिएचडी शैक्षिक उपाधिसँगै सफल जीवन जीउने महत्वपूर्ण आधार हुन सक्छ । संसारलाई फराकिलो र अझ नजिकबाट हेर्ने शक्तिको विकास हुन्छ ।

बुढ्यौली उमेरमा भन्दा युवा उमेरमा नै पिएचडी गर्नु राम्रो मानिन्छ । पारिवारिक जिम्मेवारी तथा आफनो सामर्थ्र्यको हिसावले पनि अध्ययनलाई पुरा गर्न सकेमा आफनो व्यक्तित्व र पहिचान नै अलग हुन्छ । ४६ वर्ष शिक्षण पेशामा विताउनु भएका अफ्रो एसियन इन्सिच्युट इजरायलबाट स्थानिय योजना भित्र जनसहभागिता विषयमा विद्यावारिधि गर्नु भएका ७० वर्षिय प्रा. डा. प्रेम शर्मा त्रिभुवन विश्वविद्यालय ग्रामिण विकास केन्द्रिय विभागबाट निवृत भइ हाल पिएचडी शोर्ध कार्य सँगसँगै पर्यटनका विविध अनुसन्धानमुलक कार्यमा सक्रिय रहदै आउनु भएको छ । पिएचडीको हाउगुजी बारेमा उनै शर्मा सँग गरिएको भिडियो वार्तालाप ।

प्रकाशित मिति: २४ माघ २०७७, शनिबार ११:५८