रामकुमारी जी मेरो ममीको साडीमा प्रश्न उठाउने तपाईं को हो ?

-उषाकिरण भण्डारी
मेरो momले मलाई बोलाउनु भयो अनि भन्नुभयो- सबै leadershipमा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन- पहिलेको समयमा इन्दिरा गाँधी देखी अन्तराष्ट्रीय जगतको कुरा गर्दा एँगेला मर्केलको उदाहरण दिनुभयो । आमाको मन हो- आफ्नो घाउ देखाउनु भएन, छोरीहरूमाथी यस्तो घटनाक्रमले पारेको आहतमा मलम लगाउन र हिम्मत दिन कोशिश गर्नुभयो।
मेरो momको बारेमा तथानाम भन्न थालेको लगभग २०५२/५३ देखी हो- यो शुरू गर्ने पत्रकार अहिले retired वरिष्ठ पत्रकार र ठुलो नागरिक अगुवा भइसके। उनीहरूका नया र neo अवतार अहिले छन। म त्योबेला ११ वर्ष जती थिए, momले phoneमा भन्नुहुँदैथियो- “म किन अभियानमा ननिसकिनु!? किन घरमा लुक्नु!? उनीहरुले यही चाहेर यो सब गर्दैछन- म भाग्दिन।” मलाई त्योदिन देखीनै हिम्मत प्राप्त भयो।momले हामीलाई आफ्नो साहास र दृदताबाट शिक्षित गर्नुभएको छ।
१ महिना अघि मैले यहीं ( facebookमा) भनेको थिएँ- अदृश्य cyber bully बाट अब सडकमा नारा लाउन शुरु भयो- हामिले आवाज बुलन्द नगरे यस्तो crimeले झन ठुलो रूप लिन्छ- एक महीना नबित्तदै त्यही भयो।
यहाँ रामकुमारी झांक्रीलाई आफ्नो युवा नेता मान्नेले झांक्रीलाई सुनाइदिनु
१) गल्ती सेतो सारीमा होईन गल्ती दृष्टिकोणमा छ
२) गलत चुनाव लडाउनु होईन, उहाँमाथी त्यसबेलाका शीर्षनेताले गरेको व्यवहार र बोलीमा थियो- अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ- सोधनुहोस गएर!
३) तपाईं communist schoolingको हो भने- सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने- मेरो mom एउटा अकल्पनिय घटना सामना गर्दै हुनुहुन्थियो तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ- हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए- उहाँले daddyलाई मनपर्ने खाना/ अचार बनाउन छोडनु भयो- उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौं, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो!? हामी ९/१० वर्षको ले बुझयौं उहाँ tragedy संग copeगर्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थियो- तपाईं महिला, ठुलो मान्छे भएर यति बुझनु भएन!!?
तपाईंलाई अर्को कुरा भन्छु, दसैंमा टिका ग्रहणपनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाऊनु भयो- राष्ट्र प्रमुखको निधार खाली हुनुहुदैन भन्ने मान्यताले गर्दा- उहाँको बूढ़ी आमाले उहाँलाई प्रश्न गर्नु भएन जमरा मात्रै हातमा दिदा- तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो!? Tragedy cope गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ- जुन बाटो स्वयम त्यो व्यक्तिले पनि voluntarily रोज़ेको होईन।
हरेक कुरा नाफा र नोकसानमा तुलना गर्न सकिदैन। यदि तपाईंलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथी career महत्वकांछा हो भने- ठाउॅं साटौं – तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो daddy, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस अनि तपाईंलाई हामीसंग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ- लिएर जानुस झांक्रीलाई नेता मान्ने र सम्पर्कमा भएको ले यो छोरीको प्रश्न सुनाइदिनु ।
(भण्डारीको फेसबुकबाट साभार गरिएको-सम्पादक)

प्रकाशित मिति: २० माघ २०७७, मंगलवार ०८:००