१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आगलागीबाट रु ५० लाखको क्षति


१५ फागुन,काठमाण्डौं । काठमाण्डौंको पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी ट्रेनिङ सेन्टरमा हिजो भएको आगलागीबाट करिब रु ५० लाखको क्षति भएको छ ।

महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ग्यास लिक भई शेयर मार्केट भवनको चौथो र पाँचाँै तलामा रहेको भान्साका सामग्री, फर्निचर, कम्प्युटरलगायत वस्तु नष्ट भएको बताए । त्यस घटनामा मानवीय क्षति भने भएको थिएन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार ११:०१