७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

स्रोत नखुलेको १० लाख रुपैयाँसहित विमानस्थलबाट एक जना पक्राउ


१८ माघ, काठमाडाैँ । स्रोत नखुलेको १० लाख रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कलंकीका आषिश खाती क्षेत्री रहेको प्रहरीले जनाएको छ ।


नेपाल एयरलाइन्सको विमानमार्फत दुबई जान लागेका उनले बोकेको ह्याण्ड ब्याग चेकजाँच गर्दा स्रोत नखुलेको तथा भन्सार उद्घोष नभएको १० लाख रुपैयाँ भेटिएकाे  प्रहरीले जनाएकाे छ ।उनलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आईतवार १५:३४