१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

तरूण दल नुवाकोटका नेता चोरीको मोटरसाइकलसहित काठमाडाैँबाट पक्राउ


१५ माघ, काठमाडाैँ । चोरीको मोटरसाइकलसहित काठमाडौँको मनमैजुबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटकाे सुर्यगढी गाउँपालिका ४ घर भई हाल तारकेश्‍वर नगरपालिका-८ जरंखु बस्ने ३३ वर्षीय बिष्णु तामाङ्ग रहेका छन् ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मनमैजुबाट बास्तविक नम्वर प्लेट परिवर्तन गरेर प्रदेश ३-०२-००८ प ७८७२ नम्बरको कालो रंङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकल चलाइरहेको अवस्थामा उनलाई पक्रेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । पक्राउ परेका तामाङ नेपाली कांग्रेसको युवा संगठन तरूण दल सूर्यगढीका अध्यक्ष हुन ।

अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३९०२९०१२ प ६८३६ खुल्न आएको महाशाखाका प्रमुख भट्टराईले जानकारी दिए । महाशाखाले उक्त मोटरसाईकलसहित चोरीमा संलग्न तामाङ्गलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार ११:३१