११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

विद्यालयको चुनावमा पराजित भएपछि प्रचण्ड समूहका कार्यकर्ताले बझाङमा एक युवाको हत्या गरे


१४ माघ, काठमाडौँ । विद्यालयको व्यवस्थापन समितिको चुनावमा पराजित हुँदा नेकपा पुष्पकमल दहाल प्रचण्ड समूहका कार्यकर्ताले एक युवाको खुँडा प्रहार गरी हत्या गरेका छन । बझाङ्ग जिल्ला छबिस पाथिभेरा गाउँपालिकाको वडा नं ३ स्थित बान्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचनमा आफ्ना उम्मेदवार गजेन्द्र धामी पराजित भएपछि विजयी उम्मेदवार लोकेन्द्र बोहराका समर्थक युवाको हत्या गरेका हुन ।

व्यवस्थापन समितिको चुनावमा गाउँपालिका प्रमुख अक्कल धामीका छोरा गजेन्द्र धामी प्रचण्ड समूहका उम्मेदवार रहेका थिए । भने कांग्रेस लगायतको समर्थनमा अर्का उम्मेदवार लोकेन्द्र बोहरा रहेका थिए । चुनावमा धामीका छोरा पराजित भएपछि वडा नम्बर २ का अध्यक्ष विकास ऐडीको नेतृत्वमा आक्रमण भएको र उनैले हत्या गर्नेलाइ मोटरसाइकलमा राखेर भगाएको स्थानीयले बताएका छन । प्रहरीले हतयामा प्रत्यक्ष संल्गन भएका प्रकाश ऐडी पक्राउ परेको र ज्ञानबहादुर कठायत फरार रहेको जिल्ला प्रहरी कार्यालय बझङका प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

अनेरास्ववियूका नेता ऐन महरले निर्वाचनमा पराजित भएको विषयसँग जोडेर युवाको हत्या भएकोमा घोर भत्सर्ना गरेका छन । संयोजक महरले मंगलबार अबेर फेसबुक मार्फत आफ्नो धारणा राख्दै हत्याको जति निन्दा गरे पनि कम हुने बताएका छन । उनले भनेका छन ‘मा वि को बिद्यालय ब्यबस्थापन समितिको चुनाव सम्पन्न भएर परिणाम आइसकेपछि सोही गाउँपालिका वडा नं ३ पाटागाउँ निवासी अमृत (लखन) सिंह माथि अपराधी जत्थाले खुँडा खुकुरी प्रहार गरि हत्या गरेका छन। म यो घटनाको घोर निन्दा एवं भत्सर्ना गर्दछु।’

संयोजक महरले अपराधलाई अपराधकै रुपमा लिई कुनै प्रकारको राजनीतिक आवरण नदिन पनि अपिल गरेका छन । उनले अपराधी जोसुकै र जुनसुकै पार्टीको भए पनि हदैसम्मको कानुनी कारबाही गर्न प्रशासनको ध्यानाकर्षण गराएका छन ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार ०६:०६