१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

बञ्चरो प्रहारगरी एकको हत्या


१५ फागुुन,रौतहट । रौतहट जिल्लाको उत्तरीभेगको कटहरिया नगरपालिकामा गएराति ४० वर्षीय शिवमंगल महतो नुनियाको टाउकोमा बञ्चरो प्रहार गरेर हत्या गरिएको छ ।

हत्याको अभियोगमा स्थानीय जितुु महतो नुुनियाका छोरा ३५ वर्षीय वीरेन्द्र महतो नुुनियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख प्रहरी निरीक्षक गोविन्द थापाका अनुुसार मृृतकको टाउको र ढाडमा चोट देखिएकाले पछाडिबाट बञ्चरो प्रहार भएको अनुमान छ ।

मात्र ५० मिटरको दूरीमा घर रहेका मृतक शिवमंगल महतो सोमबार राति करिब १२ बजे अभियुुक्तको घरमा प्रवेश गरेका थिए । घरमा बाहिरिया मानिस प्रवेश गरेको चाल पाएर वीरेन्द्र महतोले पछाडिबाट शिवमंगल महतोको टाउकोमा बञ्चरो प्रहार गर्दा महतोको घटनास्थलमै मृृत्युु भएको प्रहरी निरीक्षक थापाले बताएकाछन् ।
रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले घटनाको ठोस कारण खुुल्न नसके पनि पुुुुरानो रिसइबीका कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुुसन्धानबाट खुुलेको बताउनुुभयो ।

उता स्थानीयले भने अनैतिक कार्य गर्ने उद्देश्यले शिवमंगल महतो छिमेकी जितुु महतोको घरमा मध्यरातमा पसेको हुनसक्ने आँकलन गरेका छन् । घटनास्थल सदरमुुकाम गौरबाट ३५ किलोमिटर उत्तरमा पर्दछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार १०:४५