११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

पछिल्लो २४ घण्टामा थपिए ३०३ कोरोना संक्रमित, ६ जनाको मृत्यु


१३ माघ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६४ हजार ८२३ पुगेको छ ।

काेराेना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २०१७ पुगेको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार १६:४७