१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

साहसिक युवाहरुको साहसिक कदममा राज्य बेखबर रहन्नः पर्यटन मन्त्री ढकाल


१३ माघ, काठमाडाैँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले साहसिक युवाहरुको साहसिक कदमको आगामी दिनमा राज्य बेखबर नहुने बताउनुभयो । वर्तमानसँगै पछिल्लो पुस्तालाई संरक्षण गर्नमा राज्यको ध्यान जाने उहाँको भनाई छ ।


माउन्ट केटूका आरोही निर्मल पूर्जाले सबै एकताबद्ध भई हिमाल आरोहण गर्दा केही गर्न सकिने रहेछ भन्ने शन्देश दिएको बताउनुभयो । माउन्ट केटू आरोहण गरी नेपालको नाम विश्वसामु राखेको उहाँको भनाई छ ।

दशजनाको समूहको नेपाली आरोहीले माघ ३ गते माउन्ट केटू हिमालको सफल आरोहण गरेको थियो । आरोही टोली मंगलबार नेपाल फर्किएको हो ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार १६:०३